पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो | Khabarhub Khabarhub

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ ।

नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । निगमले स्वदेशी सीप र पुँजीमा पहिलोपटक इन्धन डिपो निर्माण गरिएको जनाएको छ ।

हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय विमानलाई आवश्यकपर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताए ।

उनका अनुसार यसअघि भारतीय आयल निगमको सहयोगमा हवाई इन्धन डिपो निर्माण हुँदै आएकामा पहिलोपटक यस डिपो निर्माणमा निगमको आफ्नै लगानी रहेको छ ।

पोखरामा आन्तरिक र अन्तरराष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै एक हजार २०० किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह (कूल तीन हजार छ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क) निर्माण गरिएको हो । भर्टिकल स्टोरेज ट्याङ्कको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर रहेको निगमले जनाएको छ ।

“स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकाले पनि निगमको ५५ वर्षे इतिहासमा यो डिपो ऐतिहासिक भएको छ । यसअघि लगानी मात्र विदेशीको र्होन, प्राविधिक र निर्माण कम्पनी पनि विदेशी नै हुन्थे । त्यसलाई तोड्दै शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट बनाउन सक्षम भएका छौँ”, आयोजना प्रमुख यादवले भने।

आयोजना प्रमुख यादवले तोकिएको समयभित्रमा नै डिपो निर्माण सम्पन्न भएको जानकारी दिए। सो डिपो निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु ७५ करोड खर्च भएको छ । विसं २०८० साउन १ गते निर्माण कार्यको शिलान्यास गरिएको थियो । सो डिपोेबाट आगामी साउन दोस्रो साताबाट इन्धन भर्न सुरु हुन्छ ।

डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि एक हजार २०० किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्याङ्कीसँग डिपोको वरिपरि जडान गरिएको ‘फायर फाइटिङ’ संरचनालाई आबद्ध गरिएकाले उच्च सुरक्षा प्रदान गर्ने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले बताए ।

“हवाई इन्धन जस्तो प्रज्ज्वलनशील पदार्थको नियमित रुपमा कारोबार हुँदा आगलागीको जोखिम हुनसक्ने विषयलाई मध्यनजर गर्दै चार हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्याङ्कसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ”, पराजुलीले भने ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक इन्धनका लागि आयल निगमले विमानस्थल परिसरमा नौ हजार २१५ वर्गमिटर क्षेत्रफल जग्गा नागरिक उड्डयन प्राधिकरणसँग ‘लिज’ सम्झौता गरी निगमले उपयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ८ : ३९ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री