युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार « Khabarhub

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत चालु आवमा ३८ वटा सीपमूलक तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष तालिममा सहभागी ७८७ जनाले १० किसिमका सीप आर्जन गरेको तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले जानकारी दिए ।

पछिल्लोपटक आयोजित तीनमहिने तालिममा २०४ जनाले सहभागिता जनाएका छन् । उक्त अवधिमा मोबाइल मर्मत, प्लम्बिङ, सिलाइकटाइ, कुक, ब्यूटीपार्लर, फेशन डिजाइन, सैलुन, मण्टेश्वरीलगायत विषयमा तालिम प्रदान गरिएको थियो ।

आगामी आवमा एक हजार चार सय युवालाई सीपमूलक तालिम प्रदान गर्ने योजना रहेको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले बताए । उद्यमशीलता प्रवर्द्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदानसमेत दिइने मन्त्री थापाले बताए ।

“सीप सिकेर स्वेदशमै उद्यम गर्न चाहाने युवालाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ, बैंकबाट सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ”, उनले भने “उद्यम सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएकाको साथमा प्रदेश सरकार छ ।”

केन्द्रले आगामी आवमा युवाहरुलाई लक्ष्य गरी सीप विकासका थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : ३० बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत