ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने | Khabarhub Khabarhub

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार फोनमा कुराकानी हुने भएको छ ।

यसैगरी, राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि शुक्रबार फोनवार्ता गर्ने युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपी जानकारी गराएका छन् ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्प दुवै नेतासँग नियमित सम्पर्कमा रहेका छन् र उनले करिब साढे तीन वर्ष लामो द्वन्द्व अन्त्यका लागि दबाब दिइरहेका छन् ।

पुटिन र ट्रम्प दुवैले बिहीबारको वार्तामा के छलफल गर्ने भन्नेबारे केही बताएका छैनन् । यसअघि युक्रेन द्वन्द्व र आर्थिक सहयोगजस्ता विषयमा छलफल गरेका दुई नेताबीच बिहीबार के बिषयमा छलफल हुनेछ भन्नेबारे ती देशका प्रशासनले जानकारी गराएका छैनन् ।

मस्कोको एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा पुटिनले ट्रम्पसँग फोनवार्ता हुन लागेको भन्ने कुराको पुष्टि गर्दै संक्षिप्तमा भने, “हो, म आज अमेरिकी राष्ट्रपतिसँग कुरा गर्नेछु ।”

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेकोे आह्वानलाई पुष्टि गर्दै अमेरिकी समयअनुसार बिहान १०ः०० बजे वार्ता सुरु हुने बताइएको छ ।

मस्कोले युक्रेनमाथि जारी आक्रमणका बावजुद यी दुईले हालैका हप्ताहरूमा एकअर्काको प्रशंसा गरेका छन्।

पुटिनले गत हप्ता ट्रम्पप्रति आफ्नो ठूलो सम्मान रहेको र केही कठिनाइका बाबजुद पनि अमेरिकी सम्बन्धमा सुधार भइरहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको प्रतिक्रिया ‘निकै राम्रो’ भएको बताएका थिए।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ९ : ५३ बजे

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज