पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा « Khabarhub

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको प्रसिद्ध चार ढुङ्गे सन्तानेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । दोस्रो हलेसीसमेत भनेर चिनिने यो स्थान प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।

महारुद्र, हिमालय, शिव लिङ्ग, गुप्तेश्वर महादेव, काली नाग, सेती नाग, सहस्श्र नाग, जलपा, पञ्चकोटी, झाँक्री झाक्रिना, सिद्ध सिकारी, महारानी ठकुरारी, सिंहदेवी, शिलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेको मन्दिरका पूजारी प्रेमबहादुर खड्काले बताए । यहाँ रामनवमी, तीज, शिवरात्रि, बालाचतुर्दशीलगायत अवसरमा भव्य मेलासमेत लाग्ने गरेको खड्काले जानकारी दिए ।

यो स्थानमा दर्शन गरेमा सन्तान प्राप्त हुने तथा  मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । प्रसिद्ध धार्मिकस्थल भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको पूजारी खड्काले बताए ।

‘चार ढुङ्गे सन्तानेश्वर महादेव धेरै मासिनको आस्थाको केन्द्र हो’ उनले भने, ‘यो देवस्थललाई हलेसीको दोस्रो रुपमामसेत लिइन्छ ।’

यहाँ दर्शन गरेमा सन्तान प्राप्त हुने तथा चिताएको पुग्ने धार्मिक विश्वास छ । प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचार अभावमा ओझेलमा छ ।’ पछिल्लो समयमा यो स्थानको संरक्षणमा स्थानीय सरकारसँगै स्थानीयवासी जुटेका छन् । प्रसिद्ध धार्मिकस्थल रहेकोले यो स्थानको प्रचारप्रसारसँगै मन्दिरको विकास तथा थप जग्गा व्यवस्थापन गर्न स्थानीय जुटेका छन् ।

पौवादुङका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नम्बर १ तिलाहार रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुणडाँडा, सन्तानेश्वर महादेव, च्याङ्ग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

पर्यटनमार्फत यी क्षेत्रलाई गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्ने सोच रहेको अध्यक्ष राईले जानकारी दिए । (रासस)

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १० : ३१ बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी