अदालतको आदेशपछि परिचारिका काममा फर्किने « Khabarhub

अदालतको आदेशपछि परिचारिका काममा फर्किने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान परिचारिकालाई काममा फर्काउन तयार रहेको जानकारी गराएको छ ।

यही असार ६ गतेको अन्तरकालिन आदेश बमोजिम निगमले श्रम अदालतमा बुधबार बरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन तयार रहेको जानकारी गरांएको हो । आजै निगमले कार्कीलाई काममा फर्कन इमेलमार्फत पत्राचार गरेको उहाँका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।

श्रम अदालतको आदेश बमोजिम आफूलाई काममा फर्काउन निगम सहमत भएको र सोही अनुसार आफू नियमित सेवामा रहने विमान परिचारिका कार्कीले बताए ।

बरिष्ठ विमान परिचारिका कार्कीलाई कार्यालयमा हाजिर गराउन असार ६ र असार १३ गते अदालतबाट अन्तकारलीन आदेश जारी गर्दै विपक्षी निगम व्यवस्थापनलाई अदालत झिकाएको थियो ।

श्रम अदालतका न्यायाधीशहरु जनकराज पाण्डे, निशा बाँनिया र शैलेन्द्र कुमार चौरसियाको इजलासबाट उक्त आदेश जारी भएको थियो । अदालतको यो निर्णयले अब निगममा कार्यरत करारका क्याविन क्रुलाई कम्तीमा ५० वर्ष उमेरसम्म सेवा सुनिश्चित भएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १० : ५० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई