अदालतको आदेशपछि परिचारिका काममा फर्किने « Khabarhub

अदालतको आदेशपछि परिचारिका काममा फर्किने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान परिचारिकालाई काममा फर्काउन तयार रहेको जानकारी गराएको छ ।

यही असार ६ गतेको अन्तरकालिन आदेश बमोजिम निगमले श्रम अदालतमा बुधबार बरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन तयार रहेको जानकारी गरांएको हो । आजै निगमले कार्कीलाई काममा फर्कन इमेलमार्फत पत्राचार गरेको उहाँका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।

श्रम अदालतको आदेश बमोजिम आफूलाई काममा फर्काउन निगम सहमत भएको र सोही अनुसार आफू नियमित सेवामा रहने विमान परिचारिका कार्कीले बताए ।

बरिष्ठ विमान परिचारिका कार्कीलाई कार्यालयमा हाजिर गराउन असार ६ र असार १३ गते अदालतबाट अन्तकारलीन आदेश जारी गर्दै विपक्षी निगम व्यवस्थापनलाई अदालत झिकाएको थियो ।

श्रम अदालतका न्यायाधीशहरु जनकराज पाण्डे, निशा बाँनिया र शैलेन्द्र कुमार चौरसियाको इजलासबाट उक्त आदेश जारी भएको थियो । अदालतको यो निर्णयले अब निगममा कार्यरत करारका क्याविन क्रुलाई कम्तीमा ५० वर्ष उमेरसम्म सेवा सुनिश्चित भएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १० : ५० बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको