जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो « Khabarhub

जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना देखाएको छ।

पहिलो पारीमा २२४ रनमा सीमित भारतले घरेलु टोली इंग्ल्यान्डलाई पनि २४७ रनमा सीमित गरेको थियो। दोस्रो पारीमा ३९६ रन जोड्दै भारतले इंग्ल्यान्डलाई ३७४ रनको लक्ष्य दिएको छ। शनिबार तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले एक विकेटको क्षतिमा ५० रन जोडेको छ।

भारतका लागि यशस्वी जयसवालले शतक प्रहार गरे। १६४ बलको सामना गरेका उनले ११८ रन जोडे। उनको यो छैटौँ शतक हो। आकाश दीपले अस्वाभाविक रूपमा ६६ रनको योगदान गरे। चौथो क्रममा ब्याटिङ गरेका उनले ९४ बलको सामना गर्दै ६६ रन जोडेका हुन्।

सातौँ क्रममा ब्याटिङ गरेका रवीन्द्र जडेजा र वासिङ्टन सुन्दरले समान ५३ रन प्रहार गरे। इंग्ल्यान्डका जोस टङ्गले पाँच तथा गुस एटकिन्सनले तीन विकेट लिए। जेमि ओभरटनले दुई विकेटको सफलता पाए। दोस्रो पारीमा इङ्गल्यान्डका बेन डकेट ३४ रनमा अविजित छन्।

अन्तिम दुई दिनमा इंग्ल्यान्डलाई जितका लागि ३२४ रन आवश्यक छ भने भारतका लागि ९ विकेट आवश्यक छ। इंगल्यान्डले पहिलो टेस्टमा ३७१ रनको लक्ष्य पुरा गरिसकेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ५० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको