जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो | Khabarhub Khabarhub

जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना देखाएको छ।

पहिलो पारीमा २२४ रनमा सीमित भारतले घरेलु टोली इंग्ल्यान्डलाई पनि २४७ रनमा सीमित गरेको थियो। दोस्रो पारीमा ३९६ रन जोड्दै भारतले इंग्ल्यान्डलाई ३७४ रनको लक्ष्य दिएको छ। शनिबार तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले एक विकेटको क्षतिमा ५० रन जोडेको छ।

भारतका लागि यशस्वी जयसवालले शतक प्रहार गरे। १६४ बलको सामना गरेका उनले ११८ रन जोडे। उनको यो छैटौँ शतक हो। आकाश दीपले अस्वाभाविक रूपमा ६६ रनको योगदान गरे। चौथो क्रममा ब्याटिङ गरेका उनले ९४ बलको सामना गर्दै ६६ रन जोडेका हुन्।

सातौँ क्रममा ब्याटिङ गरेका रवीन्द्र जडेजा र वासिङ्टन सुन्दरले समान ५३ रन प्रहार गरे। इंग्ल्यान्डका जोस टङ्गले पाँच तथा गुस एटकिन्सनले तीन विकेट लिए। जेमि ओभरटनले दुई विकेटको सफलता पाए। दोस्रो पारीमा इङ्गल्यान्डका बेन डकेट ३४ रनमा अविजित छन्।

अन्तिम दुई दिनमा इंग्ल्यान्डलाई जितका लागि ३२४ रन आवश्यक छ भने भारतका लागि ९ विकेट आवश्यक छ। इंगल्यान्डले पहिलो टेस्टमा ३७१ रनको लक्ष्य पुरा गरिसकेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ५० बजे

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

भोजपुर– जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक

निर्वाचन आयोगले दल चिन्छ, जेन-जी चिन्दैन : नारायण भट्टराई 

काठमाडौं–  १३ देखि २८ उमेर समूह अर्थात् जेनेरेसन–जीको आन्दोलनपछि गठन

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित