युक्रेनमा बमबारीबाट सबै भन्दा धेरै क्षति « Khabarhub

युक्रेनमा बमबारीबाट सबै भन्दा धेरै क्षति


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

किभ – यो साता युक्रेनमा भएको बमबारीबाट मर्नेको सङ्ख्या ३१ पुगेको छ। युक्रेनका अधिकारीले जनाए अनुसार एउटै आक्रमणबाट यत्ति धेरै मानवीय क्षति भएको यो नै पहिलो पटक हो।

आपत्कालीन निकायले दिएको जानकारी अनुसार बमबारीपछि भवनमा च्यापिएर मरेका २८ जनाको शव निकालिएको छ। यसमा ५ जना बालबालिका छन्।

एकै पटक १५९ जना घाइते भएका छन्। यसरी सबैभन्दा धेरै घाइते भएको पनि यो पहिलो पटक हो। किभका सैन्य प्रशासनका प्रमुख ट्युमर टासचेन्कोले दिएको जानकारी अनुसार घरमा एकै पटक सय भन्दा बढी थिचिएका छन्।

यस घटनापछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले रुसले मान्छे मार्ने क्रम नरोके पछि अन्तर्राष्ट्रिय निकायले प्रतिबन्ध लगाउँदै दबाब दिनु पर्नेमा जोड दिएका छन्।

जेलेन्सकीका अनुसार रुसले जुलाई महिनामा मात्र ५१ सय ग्रिड बम प्रहर गरेको छ। साथै तीन हजार आठ सय ड्रोन तथा २६० भिन्न टाइपको मिसाइल प्रहार गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ३४ बजे

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको