राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग « Khabarhub

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकी प्रभावित भएकाले कृषिमा लगानी बढाई आत्मनिर्भरताका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद धर्मेन्द्र पासवानले सप्तरीमा गत फागुन ३० गते एक महिलामाथि भएको बलात्कार र हिंसा प्रकरण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद मीनासिंह रखालले कर्णाली क्षेत्रमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना हुँदा पनि समृद्धिमा पछाडि परेकाले आवश्यक लगानीका लागि आगामी बजेटमा व्यवस्था गर्न सरकारसँग माग गरिन्।

सांसद रेखाकुमारी झाले कृषि खेतीबालीका लागि समयमै मल, बीउ र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न र कृषिमा हानी पुर्याउने वन्यजन्तुको व्यवस्थापन गर्न सरकारसँग माग गरिन्।

सांसद ललितजङ्ग शाहीले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र मुलुकमा सुशासनका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सोमनाथ पोर्तेलले दलित समुदाय आर्थिक, सामाजिकलगायत क्षेत्रमा पछि परेको उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरी विशेष कार्यक्रम घोषणा गर्न माग गरे।
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : २३ बजे

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको