प्रचण्डले भने- माओवादी विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरे « Khabarhub

प्रचण्डले भने- माओवादी विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरे


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन् ।

आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं” ‘बोत्ले स्मृति दिवस’ मा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरी कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका हुन्।

दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मीद्वारा हत्या गरिएका १५ जना माओवादी योद्धाको स्मृतिमा आइतबार माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा ‘बोत्ले स्मृति दिवस’ मनाइएको थियो ।

अहिले सबै माओवादी धाराहरू र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रचण्डले एकता हुन नदिन प्रतिक्रियावादीहरू पनि ज्यान छाडेर लागेको धारणा राखे ।

प्रचण्डले माओवादीले आफूलाई एकताबद्ध गर्न नसके प्रतिक्रियावादीले प्राप्त उपलब्धिलाई समेत उल्टाउने खतरा रहेको बताए।

क्रान्तिकारी, वामपन्थी र देशभक्तलाई एकताबद्ध गरेर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिवाद र प्रतिरोध गर्ने कोसिस जारी रहेको उनको भनाइ छ ।

प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम टुङ्गाउने कुरा अघि बढेको भन्दै अझै पनि शान्तिप्रक्रियालाई टुड्गोमा पुराउन नदिने षडयन्त्र र चलखेल देखिएको उल्लेख गरे । 

प्रचण्डले नयाँ खालको बेद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ आफू हिँडिरहेको बताए । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ३९ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका