प्रचण्डले भने- माओवादी विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरे « Khabarhub

प्रचण्डले भने- माओवादी विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरे


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन् ।

आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं” ‘बोत्ले स्मृति दिवस’ मा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरी कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका हुन्।

दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मीद्वारा हत्या गरिएका १५ जना माओवादी योद्धाको स्मृतिमा आइतबार माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा ‘बोत्ले स्मृति दिवस’ मनाइएको थियो ।

अहिले सबै माओवादी धाराहरू र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रचण्डले एकता हुन नदिन प्रतिक्रियावादीहरू पनि ज्यान छाडेर लागेको धारणा राखे ।

प्रचण्डले माओवादीले आफूलाई एकताबद्ध गर्न नसके प्रतिक्रियावादीले प्राप्त उपलब्धिलाई समेत उल्टाउने खतरा रहेको बताए।

क्रान्तिकारी, वामपन्थी र देशभक्तलाई एकताबद्ध गरेर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिवाद र प्रतिरोध गर्ने कोसिस जारी रहेको उनको भनाइ छ ।

प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम टुङ्गाउने कुरा अघि बढेको भन्दै अझै पनि शान्तिप्रक्रियालाई टुड्गोमा पुराउन नदिने षडयन्त्र र चलखेल देखिएको उल्लेख गरे । 

प्रचण्डले नयाँ खालको बेद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ आफू हिँडिरहेको बताए । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ३९ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि