हेरोइनसहित सप्तरीबाट दुई जना पक्राउ « Khabarhub

हेरोइनसहित सप्तरीबाट दुई जना पक्राउ


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आइतबार हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागूऔषध हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर  का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन्  । 

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक सय ग्रामभन्दा बढी लागूऔषध खैरो हेरोइन बरामद भएको छ ।

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेका थिए । सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।  

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १ : ३९ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी