प्रभु साहको प्रश्न- जलसंकटले किसान मर्कामा छन्, सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै सरकारको काम हो ?  | Khabarhub Khabarhub

प्रभु साहको प्रश्न- जलसंकटले किसान मर्कामा छन्, सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै सरकारको काम हो ? 


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् । 

बाराको कलैया स्थित उद्योग वाणिज्य सङ्घको सभा हलमा आजपाद्धारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको बताए ।

मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन । 

‘मधेसमा जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा परेका छन्, समस्यामा छन् । सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु त ठिकै हो । तर के सरकारको काम केवल सङ्कटग्रस्त घोषणा मात्रै हो ? के सरकारले पिडामा रहेका ति मान्छेका लागि कुनै राहतको प्याकेज ल्याउनु हुँदैन ? राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन हो,’ आजपा अध्यक्ष साहले भने । 

तराई मधेसमा पानीको हाहाकार छ । जलसंकट भएर किसानदेखी सर्वसाधारणसम्मका व्यक्तिहरू पीडामा रहेको बताउँदै सरकारको जिम्मेवारी सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै नभएको बताए ।

साहले पीडितलाई तत्काल राहत प्याकेज सहित दीर्घकालीन रूपमा पानीको समस्या समाधानमा सरकार लाग्नुपर्ने ध्यानाकर्षण गराएका छन् । 

मधेसमा जलसंकट देखिएपछि हेलिकप्टरमा सेयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको तर हालसम्म एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उनको घोषणा हावादारी गफ मात्रै भएको टिप्पणी गरे । 

‘प्रधानमन्त्रीजी हेलिकप्टरमा सेयर गर्दै आउनुभयो र पाँच सय डिप बोरिङ गाड्ने भन्नुभयो । म सोध्न चाहन्छु त्यो पाँच सय डिप बोरिङ कहाँ छ ? कहिले गाड्ने हो ? यस्तो हावादारी गफ गरेर जनताको भावनासँग खेलबाड गर्न पाइन्छ ?,’ आजपा अध्यक्ष साहले प्रश्न गरे । 

प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाड्ने आश्वासन दिए पनि तीन हप्ताभन्दा बढी समय बित्दा समेत सर्वसाधारणले डिपबोरिङ पाउन सकेका छैनन् ।

‘प्रधानमन्त्रीजी तपाईको सुख्खाक्षेत्र घोषणा के भयो ? तपाईँले मधेसमा पाँच सय डिपबोरिङ गाड्छु भन्नुभएको थियो । तर आज ती हप्ता हुँदा समेत त्यो डिपबोरिङ कहाँ–कहाँ गाड्नुभयो ? डिपबोरिङ बारेमा तपाईँकै सरकारी निकायलाई थाहा छैन । न सिचाइलाई थाहा छ, न त खानेपानी मन्त्रालयलाई थाहा छ,’ साहले भनिन्, ‘न योजना छ, न बजेट छुट्टाउनुभएको छ । मधेसी जनतासँग यस्तो भद्दा मजाक किन ? तपाई त विदेशबाट महँगो मिनिरल वाटर मगाएर खानुहुन्छ । तर मधेसका जनताले साधारण पानी नपाएर तड्पाउने काम किन गर्नुहुन्छ ?’ 

आश्वासन नभई पीडित जनतालाई राहत प्याकेज दिन उनले माग गरेका छन् । अहिले मधेसमा खानेपानी नपाएर जनता मारमा परेका छन् । चापाकल सुकेको छ, इनार सुकेको छ तर पनि सरकारले यस्तो गम्भिर बिषयमा ध्यान नदिई जनताको भावनासँग खेलबाड गरिरहेको उनले बताए ।

सरकारले मधेश प्रदेशमा जलसंकट देखिएपछि मधेशका आठ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । खानेपानीदेखि खेतीकिसानीका लागि आवश्यक पानीको हाहाकार भएपछि विपद् सङ्कटग्रस्त घोषणा भएको मधेशका गाउँमा भने कुनै राहत पुगेको छैन ।

आजपा बाराका अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपा केन्द्रीय कार्यालयका सदस्यहरू अशोक लामा, त्रिभुवन साह, उमेश कुश्वाहा लगायतको विशेष सहभागिता रहेको थियो । उनीहरूले जलसंकट भएर जिल्लाका किसानदेखी सर्वसाधारण नागरिकले दुख पाइरहेको जनाएका छन् । एजेन्सी

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : ५३ बजे

सहायता समूहले भन्यो– गाजा मुख्यालयमा इजरायली आक्रमण, एक कामदारको मृत्यु

काठमाडौं– प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले इजरायली सेनाले गाजास्थित

कोशीमा चौतिस प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच

विराटनगर– कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था

पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐना पहराबाट खस्यो बस

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’

पर्वतीय पर्यटनका पथप्रदर्शकलाई तालिम

गण्डकी– नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड,