मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल « Khabarhub

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक उम्मेदवार ज्ञानेन्द्र मल्लले मैदान फेरिए पनि लक्ष्य उही भएको बताएका छन् ।

देशको भविष्य प्रति सबै जिम्मेवार रहेको भन्दै उनले फरक पृष्ठभूमिबाट आए पनि सपना एउटै भएको बताएका हुन् । यो एक्लो यात्रा नभएर सबैको संकल्प भएको उनको भनाइ छ । उनले खेलकुदमा जस्तै राजनीतिमा पनि साथ र सुझाव मिल्ने विश्वास लिएका छन् ।

‘यो देश हाम्रो हो। यसको भविष्य पनि हाम्रो जिम्मेवारी हो। हामी फरक पृष्ठभूमिबाट आएका हुन सक्छौं, तर सपना एउटै हो- सम्मानित, सक्षम र आत्मनिर्भर नेपाल’, उनले भनेका छन्, ‘यो मेरो एक्लो यात्रा होइन, यो हामी सबैको साझा संकल्प हो। मलाई विश्वास छ, हिजो जस्तै आज पनि मलाई तपाईंहरूको साथ र सुझाव मिल्नेछ ।’

रास्वपाले आगामी निर्वाचनमा समानुपातिक उम्मेदवार बनाएको र अवसर दिएको भन्दै उनले धन्यवाद दिएका छन् । खेलाडीलाई अवसर थोरैले मात्र दिने भन्दै उनले रास्वपाप्रति आभारी प्रकट गरेका हुन् ।

नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट नैतिकताको आधारमा बिदा लिएको जानकारी गराउँदै उनले खेल जीवन अभिन्न हिस्सा भए पनि अब देशलाई अर्को रुपमा सेवा गर्ने अवसर आएको बताए।

युवाको सपना र सम्भावनालाई सही दिशा दिन सबैको साथ अनिवार्य भएको उनको भनाइ छ । उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत पदका लागि भन्दा आगामी पुस्ताका लागि भएको बताएका छन् ।

‘यो यात्रा मेरो व्यक्तिगत पदका लागि होइनस हाम्रा आगामी पुस्ताका लागि हो, ती युवाहरूका लागि हो जसले एउटा सुन्दर र समृद्ध नेपालको सपना देखेका छन्। परिवर्तनका लागि हाम्रा युवाहरूले गरेका त्याग र बलिदानलाई सार्थक बनाउनु हामी सबैको साझा जिम्मेवारी हो’, उनले फेसबुकमा लेखेका छन्, ‘आउनुहोस्, हामी एकजुट बनौं। हिजो जस्तै आज पनि मलाई विश्वास र साथ दिनुहोस्।’

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ११ : ३१ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको