परराष्ट्रमन्त्रीले भनिन्- स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्त्वपूर्ण  « Khabarhub

परराष्ट्रमन्त्रीले भनिन्- स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्त्वपूर्ण 


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छन् । 

महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सकहरू सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरू रहेका उल्लेख गरिन् ।  

मन्त्री डा राणाले भनिन्, ‘ग्रामीण बस्तीदेखि सहरका अस्पतालसम्म नै नर्सहरूको सेवा, समर्पण र बिरामीप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ । जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ ।’

बिरामीको उपचार, उनीहरूको मनोबलमा वृद्धि, आपत्कालीन अवस्थामा सेवा र बिरामीहरूलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृशिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै  स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उनले बताइन् । 

मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकूल तालिम र प्राविधिक संसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । 

मन्त्री डा राणाले भनिन्, ‘नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रूपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रूपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरूको यो भूमिका आवश्यक छ ।’

उनले नेपालमा ‘सेफ मदरहुड नेटवर्क’मार्फत मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेसालाई समयानुकूल सुविधा सम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् । 

मन्त्री डा राणाले नर्सिङजस्तो महत्त्वपूर्ण र संवेदनशील विषयका स्नातकहरूलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यावहारिक बनाउन एवं नरम व्यवहार तथा सेवामार्फत बिरामीहरूको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिइन्। 

नेपाली नर्सहरू विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, ‘यहाँहरूले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरूको सख्त खाँचो छ ।’ रासस
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ०२ बजे

‘पैदलयात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन’

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी