‘सिरिजङ्गा’ किरात लिपि नभएको दाबी « Khabarhub

‘सिरिजङ्गा’ किरात लिपि नभएको दाबी


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

सुनसरी – नेपाल सरकारको पुरातत्व विभागले नेपालमा लेख्य परम्परा र प्रयोग भइरहेका लिपिहरूमा सिरिजङ्गा लिपिको नाम फेरेर ‘किरात लिपि’ भनी सार्वजनिक गरेपछि बहस चलिरहेको छ ।

सामाजिक सञ्जालमा ‘सिरिजङ्गा लिपि र किरात लिपि के ?’ भन्ने विषयमा पक्ष/विपक्षमा बहस र तर्क/कुतर्क भइरहेको छ ।

बहस चर्किएको बेला थिन्दोलुङ खो?याहाङ वंशज सङ्घले औपचारिक रूपमा आफ्नो धारणा व्यक्त गरेको छ । सिरिजङ्गा लिपिमाथिको अतिक्रमणप्रति थिन्दोलुङ खो?याहाङ वंशज सङ्घ र मेन्याङ्बो कल्याणकारी केन्द्रीय समितिले घोर आपत्ति जनाउँदै परिवर्तित नाम तत्काल सच्याउन माग गरेका हुन् ।

थिन्दोलुङ खो?याहाङ वंशज सङ्घमा मेन्याङ्बो, आङ्बुहाङ, खिम्दिङ, फालेछुवा, खो?याहाङ र उसुक समाहित छन् ।

सङ्घका अध्यक्ष दीपक मेन्याङ्बो लिम्बूले धरानमा विज्ञप्ति जारी गर्दै किरात लिपिको इतिहास र अस्तित्व नै नभएका दावी गरेका छन् ।

यस्तो अवस्थामा लेख्य प्रचलनमा रहेको र याक्थुङ लिम्बू समुदायले परापूर्वकालदेखि आफ्नो बोली र भाषाको आधारमा प्रयोगमा ल्याइरहेको सिरिजङ्गा लिपिलाई किरात लिपि भन्दै अप्रमाणित नाम राखिनु सांस्कृतिक अतिक्रमण भन्दै उनले घोर विमति पनि जनाएका छन् ।

लिम्बूले खबरहबलाई भने, ‘विभिन्न दस्तावेज र पुराना कागजपत्र अनुसार याक्थुङ्वा वंशावली टिपोटमा भुइफुटुवा ताङ्साङहाङको पुस्तादेखि दोश्रो पुस्तामा सिरिजङगा र थेवेहाङको नाम पाइएका छन् । लिपिका निर्माणकर्ता सिरिङ्गाको जन्म ताप्लेजुङको याङवरक थुमको सिनामस्थित तेल्लोकमा सिंथेवे कुलमा वि.सं. १७६१ मा र उनको मृत्यु वि.सं. १७९८ मा भएको इतिहासकार इमानसिं चेम्जोङले उल्लेख गरेका छन् । हज्सन पाण्डुलिपिमा सिरिजङ्गा सिरिजंङ्गा आफैले लिपि बनाएर उतिबेलाको समाजमा याक्थुङ लिम्बू समुदायले उच्चारण गर्ने लवज अनुसारको अक्षर लेख्न र बोल्न सहज बनाएको तथ्य भेटिसकेको अवस्थामा यो विवाद उत्पन्न हुनुमा नेपाल सरकार दोषी ठहरिन्छ ।’

लिम्बूका अनुसार; सिक्किमका नवौं राजा थुतोव नामग्याल र रानी येशे डोल्माको लेखन र प्रकाशन रहेको ‘हिस्ट्री अफ सिक्किम’ (इ.सं. १९०९) पुस्तकमा सिरिजङ्गाले लिपि तयार गरेको, लिम्बू भाषा र मुन्धुम प्रचार गरेको विषयहरूलाई पर्याप्त स्थान दिइएको छ ।

यसैगरी बङ्गाली लेखक सरदचन्द्र दास (इ.सं. १८८८) मा लेखेको लेखोटमा उनै सिरिजङ्गाले लिम्बू लिपि पनि आविष्कार गरेको लेखेको पाइएको छ ।

सिरिजङ्गा र उनले बनाएको लिपिबारे इतिहासकार विद्धानहरू ब्रायन हज्सन, आर के स्प्रिङ, डा ए क्याम्पवेल, आर. बि. सुब्बा, इमानसिं चेम्जोङ, वैरागी काइला (तिलविक्रम नेम्बाङ), डा. रमेश ढुङ्गेल लगायतले पर्याप्त लेखिसकेका छन् ।

उनले भने, ‘ जसले सिरिजङ्गा लिपिको नाम परिवर्तन गर्‍यो, उसले त्यसो भए यसअघि पाइएका तथ्यहरू मिथ्या हो भन्न सक्नुपर्‍यो ।’

सङ्घले सिरिजङ्गा र उनले बनाएको लिपि कथित किराती जातीय भाषाले व्यक्त गर्ने व्याकरण, उच्चारण र लेख्य रूपमा उपयुक्त नहुँदा नहुँदै पछिल्लो समयमा केही वर्णहरू थपेर किराती लिपि नामाकरण गरिएकोमा पनि आपत्ति जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘कसैलाई सिरिजङ्गा लिपि प्रयोग गर्न मन लागेको छ भने प्रयोग गरुन् । यसमा हाम्रो आपत्ति रत्तिभर छैन । तर सिरिजङ्गा लिपि भनेर प्रयोग गरुन्, ऐतिहासिक रुपमै सिरिजङ्गा लिपि भनेर आम जनसुमदायले स्वीकारेको र विभिन्न लेखोटमा दर्ज भइसकेको नामलाई किरात लिपि भनेर नामै परिवर्तन गर्ने अधिकार कसैलाई छैन । यो सच्चिनुपर्छ । सिरिजङ्गा र उनले बनाएको लिपिको इतिहासमाथि छेडखानी गर्ने छुट कसैलाई छैन ।’

विज्ञप्ति :

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ०० बजे

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज