गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध « Khabarhub

गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै वाग्लुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन बीच बाटोमा रोकिएका छन् ।

अवरुद्ध सडक सञ्चालन गर्नका लागि प्रहरीले जोहाङ्ग खैरेनी र पूर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाउँदै उनले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाको समयमा खोला तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक स्थानीयलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका करिब दुई सय ८० स्थानलाई  बाढी र पहिरोको उच्च जोखिम क्षेत्रका रूपमा राखिएको जनाएको छ ।

त्यसैगरी शनिबार अपारह्नहदेखि परेकोे अविरल वर्षका कारण बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेकाले उच्च सतर्कता अपनाउन समितिले सबैमा अनुरोध गरेको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : १० बजे

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य