प्रभावकारी बन्दै बिर्तामोडको तरकारी बिक्री केन्द्र | Khabarhub Khabarhub

प्रभावकारी बन्दै बिर्तामोडको तरकारी बिक्री केन्द्र


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– बिर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका बिक्री केन्द्रहरू प्रभावकारी बनेका छन् ।

नगरका विभिन्न वडामा सात वटा सुपथ मूल्यका बिक्री केन्द्र र बिर्तामोडमा मुख्य सङ्कलन केन्द्र सञ्चालन गर्दै आइएको नगर कार्यालयले जनाएको छ । 

किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी सङ्कलन केन्द्रमा जम्मा भएर पसलमार्फत बिक्री हुने गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख राजेन्द्र प्रसाद कडरियाले बताए । उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७३ लाख २३ हजार ५४० रुपैयाँ मूल्य बराबरको २७६ मेट्रिक टन तरकारी सङ्कलन भएको थियो ।

नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोकेर उक्त मूल्य नपाएमा क्षतिपूर्तिबापत रकम भुक्तानी दिने गरेको छ । समर्थन मूल्यभन्दा कम मूल्यमा तरकारी बेचेका २४ जना किसानलाई पालिकाले क्षतिपूर्ति स्वरुप रकम भुक्तानी गरेको उनले बताए ।

गत आवमा नगर क्षेत्रका तरकारी किसानलाई नगरपालिकाबाट समर्थन मूल्य बापत १२ लाख ८१ हजार ८८७ रुपैयाँ भुक्तानी प्रदान गरिएको नगरका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले जानकारी दिए । 

उनका अनुसार नगरलाई अर्ग्यानिक तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले विगत एक वर्ष अघि पालिकाले तरकारीको समर्थन मूल्य तोकेको हो ।

पालिकामा सूचीकृत भएर व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या ११७ रहेको जनाउँदै उपप्रमुख सङ्ग्रौलाले सङ्कलन केन्द्रबाट ६७ जना किसानले तरकारी बिक्री गर्दै आएका बताए । 

नगरले गत वर्षदेखि ‘पारिको होइन बारीको खाऊँ’ भन्ने नारासहित अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि लगानी गर्दै आएको उनले जानकारी दिए ।
 
कृषि शाखाले जनाएअनुसार बिर्तामोड नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्यबापत प्रतिकिलो काउली २६, बन्दा २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौँला २६, करेला ३२, बैगुन २६, सिमी ४६, काँक्रा २५, भिण्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेडे खुर्सानी ५१, बोडी ३०, लौका २७ र टमाटर ३० रुपैयाँ रहेको छ ।

किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त होस् भनेर पालिकाले समर्थन मूल्य तोकेर रकम भुक्तानीको व्यवस्था गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताए  । उत्पादित तरकारी बजारीकरणमा समस्या नहोस् भनेर पालिकाले सङ्घीय सरकारको सहयोगमा २६ लाख रुपैयाँमा कृषि एम्बुलेन्ससमेत खरिद गरेको उनले जानकारी दिए  । 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ३० बजे

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै

बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ 

काठमाडौं– राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै

सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

धनुषाधाम–  तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका