साउन २४ गते ३१औँ विश्व आदिवासी दिवस मनाइने « Khabarhub

साउन २४ गते ३१औँ विश्व आदिवासी दिवस मनाइने


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले यस वर्षपनि मौलिक रूपमा विश्व आदिवासी दिवस मनाउने जनाएको छ ।  

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आइएलओ १६९ सम्बन्धी सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने नाराका साथ साउन २४ गते ३१ औँ विश्व आदिवासी दिवस मनाउने जनाएको हो । 

दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्‍याली प्रदर्शन एवं विविध कार्यक्रमहरू प्रस्तुत गरिने महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।

त्यस्तै दिवसका अवसरमा आयोजना हुने मूल समारोहमा विभिन्न जातीय संस्थाहरूबाट आ–आफ्नो मौलिक नृत्यहरू प्रस्तुत हुने उनले बताए । 

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ४५ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र