साउन २४ गते ३१औँ विश्व आदिवासी दिवस मनाइने « Khabarhub

साउन २४ गते ३१औँ विश्व आदिवासी दिवस मनाइने


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले यस वर्षपनि मौलिक रूपमा विश्व आदिवासी दिवस मनाउने जनाएको छ ।  

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आइएलओ १६९ सम्बन्धी सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने नाराका साथ साउन २४ गते ३१ औँ विश्व आदिवासी दिवस मनाउने जनाएको हो । 

दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्‍याली प्रदर्शन एवं विविध कार्यक्रमहरू प्रस्तुत गरिने महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।

त्यस्तै दिवसका अवसरमा आयोजना हुने मूल समारोहमा विभिन्न जातीय संस्थाहरूबाट आ–आफ्नो मौलिक नृत्यहरू प्रस्तुत हुने उनले बताए । 

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ४५ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका