जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन « Khabarhub

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्तावबारे यही साउनभित्र सुझाव दिन मातहतका कमिटी र जनसंगठनलाई निर्देशन दिएको छ । 

एमालेको यही साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयका आधारमा तयार भएको विधान संशोधनको प्रस्तावमाथि लिखित सुझाव माग गरेको हो । 

बैठकको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ मा आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा तल्ला कमिटीका सुझाव माग गरिएको हो । 

केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन र विधान महाधिवेशनको तयारीका सन्दर्भमा एमालेका २३ जनसङ्गठनका इञ्चार्ज, अध्यक्ष र महासचिवलाई शनिबार आयोजित छलफलमा पार्टी नेतृत्वले आफ्नो जनसंगठनको सचिवालय बैठक गरी विधानबारे सुझाव तयार गर्न निर्देशन दिएको हो । 

जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकालले केन्द्रीय कमिटीको निर्णय, सर्कुलर र विधान महाधिवेशनको तयारीका लागि सबै जनसंगठनमा एकरुप बुझाइका लागि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको उपस्थितिमा भएको बैठकले नीति र नेतृत्वका पक्षमा लाग्दै मिसन–२०८४ सफल तुल्याउन आग्रह गरिएको जानकारी दिए ।

सो अवसरमा अध्यक्ष ओलीले पार्टीभित्र सम्बन्धित कमिटीका पर्याप्त छलफल गर्न पाइने तर निर्णय भएको कुरा कार्यान्वयनमा कुनै कमजोरी हुन नहुने स्पष्ट गर्दै अनुशासनको पालनमा जोड दिए । 

‘सबै जनसङ्गठन पार्टीका अवयव हुन् । आफ्ना क्षेत्रमा जनआकर्षण बढाउने र सङ्गठन विस्तार गर्न यी सङ्गठन लाग्नुपर्छ । मिसन–२०८४ लाई सफल बनाउँदै एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छ’, अध्यक्ष ओलीले भने, ‘हाम्रो जनसङ्गठन पार्टीको अहित र विपक्षमा जान सक्दैन । पार्टीको विरोध गर्ने सदस्य पार्टीको कार्यकर्ता होइन । व्यक्तिहरू स्वतन्त्र हुन्छन् तर सङ्गठनमा लागिसकेपछि कुन अधिकार कुन ठाउँमा प्रयोग गर्ने भन्ने बुझेर प्रयोग गर्नुपर्ने हुन्छ । अब हामी आन्तरिक मामिलामा नअल्मलिउँ । विरोधीको सामना गरेर निर्णायक राष्ट्रिय शक्ति बन्न लागौँ ।’

अध्यक्ष ओलीले संविधानको रक्षक र पालक तथा नेपाली सेनाको परमाधिपति भइसकेका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा फर्कन नहुने पार्टीको बैठकले निर्णय गरिसकेकाले यस विषयमा अब बहस गर्नु निरर्थक हुने बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : १२ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित