भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न « Khabarhub

भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत–राष्ट्रसंघ कोषको सहयोगमा अफ्रिकी मुलुक बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न भएको छ । कोषको सहयोगमा बुर्किना फासोको पोवा क्षेत्रमा रहेको नियाङ्दो बाँध निर्माण परियोजना सम्पन्न भएको राष्ट्रसंघका लागि भारतीय नियोगले जानकारी दिएको छ ।

यस बाँधबाट सो क्षेत्रमा बसोबास गर्ने ५० हजार नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । यो बाँध परियोजना चार दशकदेखि निर्माणको पर्खाइमा रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

राष्ट्रसंघका अनुसार यो बाँधको क्षमता ५ लाख ८० हजार घनमिटर रहेको छ । यस बाँध निर्माण भएसँगै सो क्षेत्रको ५ हजार हेक्टर जमिन पुनस्र्थापित हुनेछ ।

अनपेक्षित वर्षाले सताउँदै आएको उक्त भूपरिवेष्ठित मुलुकका लागि यस बाँधको निर्माणले लाभ मिल्ने जनाइएको छ । यो परियोजना सन् २०२० मा शुरु गरिएको थियो । यसको निर्माणमा भारत–राष्ट्रसंघ कोषसँगै बुर्किना फासो सरकार र राष्ट्रसंघीय विकास नियोग यूएनडीपीको सहकार्यको पनि साझेदारी रहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ०९ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण