भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न « Khabarhub

भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत–राष्ट्रसंघ कोषको सहयोगमा अफ्रिकी मुलुक बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न भएको छ । कोषको सहयोगमा बुर्किना फासोको पोवा क्षेत्रमा रहेको नियाङ्दो बाँध निर्माण परियोजना सम्पन्न भएको राष्ट्रसंघका लागि भारतीय नियोगले जानकारी दिएको छ ।

यस बाँधबाट सो क्षेत्रमा बसोबास गर्ने ५० हजार नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । यो बाँध परियोजना चार दशकदेखि निर्माणको पर्खाइमा रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

राष्ट्रसंघका अनुसार यो बाँधको क्षमता ५ लाख ८० हजार घनमिटर रहेको छ । यस बाँध निर्माण भएसँगै सो क्षेत्रको ५ हजार हेक्टर जमिन पुनस्र्थापित हुनेछ ।

अनपेक्षित वर्षाले सताउँदै आएको उक्त भूपरिवेष्ठित मुलुकका लागि यस बाँधको निर्माणले लाभ मिल्ने जनाइएको छ । यो परियोजना सन् २०२० मा शुरु गरिएको थियो । यसको निर्माणमा भारत–राष्ट्रसंघ कोषसँगै बुर्किना फासो सरकार र राष्ट्रसंघीय विकास नियोग यूएनडीपीको सहकार्यको पनि साझेदारी रहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ०९ बजे

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी