जलवायु परिवर्तन सम्बन्धि संसद्ले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने « Khabarhub

जलवायु परिवर्तन सम्बन्धि संसद्ले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको संसद्का तर्फबाट आउँदो भदौ महिनाको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ ।

जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्का तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउनु भई आज स्वदेश फिर्ता भएका सभामुख घिमिरेले अन्तर व्यवस्थापिका–सङ्घ (आइपियू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एसिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्का तर्फबाट अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेकोबारे पनि सम्मेलनमा छलफल भएको छ । भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ ।’

सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए । 

यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका थिए  ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : २६ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र