सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला « Khabarhub

सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताएका छन् ।

विराटनगर वरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आइतबार आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा उनले राजनीतिक दलका नेता इमानदार भए सङ्घीय गणतन्त्रको सफल कार्यान्वयन हुनुका साथै लोकतन्त्र बलियो हुने धारणा राखे ।  

प्रतिनिधिसभा सदस्य डा कोइरालाले पार्टीको आफ्नो विचार र सिद्धान्त बिर्सेमा लोकतन्त्र सङ्कटमा पर्ने भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिए  । 

अर्को प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने आफ्नो सोच नरहेको तर सरकारले पारदर्शी र जबाफदेही भएर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘वर्तमान गठबन्धन सरकारप्रति नेपाली जनताको ठूलो आशा र भरोसा रहेकाले नागरिकको जीवनस्तर वृद्धिको अनुभूति हुने खालको कार्य गर्नुपर्छ ।’
 
नेता डा कोइरालाले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि यदुनाथ चापागाईँले खेलेको भूमिकाबारे चर्चा गर्दै सबैले त्यसको अनुसरण गर्नुपर्ने बताए । 

पुस्ताकालयका अध्यक्ष रन्जितप्रकाश बुढाथोकी, पूर्वअध्यक्ष दिपक चापागाईँले था साहित्यकार दिनेशराज सुवेदीले गुराँस पुस्तकालयको महत्त्व र प्रजातन्त्र स्थापनाका लागि चापागाईँ परिवारको भूमिका विषयमा धारणा राखे ।  

विसं २०२७ सालमा विराटनगर–४ वरगाछीमा पुस्तकालय स्थापना गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री हरि सापकोटा, मोहम्मद अन्सारी र डा प्रमिला गच्छदारलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : २७ बजे

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई