तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु « Khabarhub

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै गर्दाको सीसीटीभी फूटेज बाहिरिएको छ।

यो बस तनहुँको आँबु खैरेनी गाउँपालिका-२ स्थित ऐन पहराको पार्किङबाट निकाल्ने क्रममा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमा २ जनाको अवस्था गम्भीर छ ।

गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दीनजिकै ऐना पहरा भिरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा उक्त बसलाई चालकले पार्किङबाट ब्याक गराइरहेको देख्न सकिन्छ । चालकले ब्याक गराउँदा नियन्त्रण गुमेर बस भिरमा खसेको बयान प्रहरीलाई दिएका छन् ।

उक्त सीसीटीभी फुटेजअनुसार बस ब्याक गरेको १० सेकेन्डमै सडकबाट सिधै तल गएर बजारिएको छ। बसले उकालो ठाउँमा रहेको पार्किङ छाडेर ओरालोतर्फ सडक छुनेबित्तिकै तीव्र गतिमा पछाडि सरेको थियो ।

सीसीटीभी फुटेजअनुसार ब्रेक फेल भएको थाहा पाएपछि यात्रु हामफालेको देख्न सकिन्छ । बस ब्याक गर्दा ब्रेक नलागेपछि थाहा पाएका यात्रुहरू ढोकाबाट सडकमा हुत्तिँदै हामफालिरहेका सीसीटीभीमा देखिएको छ । यसरी हामफाल्नेमा धेरै महिला छन् । सीसीटीभी फुटेजअनुसार ८ जना यात्रुले त्यसरी हामफालेका थिए ।

बस दुर्घटनास्थलमा भेटिएका ५ जनासहित कम्तीमा १३ यात्रु गोरखाबाट नारायणघाट गइरहेको अनुमान गरिएको छ।

बसको अगाडिको भाग भासिएको अवस्थामा भिरमा अड्किएपछि क्रेनले तानेर निकालिएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पार्किङमा राखेर झिक्ने क्रममा ब्याक गर्दा बसको ब्रेक फेल भएर खसेको हो । नियन्त्रणमा लिइएका चालकले पनि बस दुर्घटनाको कारण ब्रेक फेल भनेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ