पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा « Khabarhub

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताएका छन् ।

उनको नवौँ दिनको पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस चितवनले गुरुङको निवासमा आज आयोजना गरेको श्रद्धाञ्जली सभामा उनले गुरुङ निष्ठावान् नेता भएको बताए ।

गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेस चितवनका पूर्वसभापति गुरुङमा क्रान्तिकारीपन रहेको भन्दै सभापति देउवाले गुरुङले छोडेर गएका काम सबै मिलेर पूरा गर्नुपर्ने बताए ।

उनले भने, ‘उहाँ मेरो पुरानो साथी हो । उहाँले छोडेर गएका काम हामी सबै मिलेर गर्नुपर्छ ।’ जिल्लामा गुरुङले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो ।

सो अवसरमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राजनैतिक यात्रा सुरु गर्दै गर्दा विश्वेश्वरप्रसाद कोइरालाले गुरुङजस्ता युवा आफूहरूसँग भएको भन्दै तारिफ गरेको स्मरण गरे  ।

अबको निर्वाचनमा गठबन्धन नहुने भन्दै उनले सबै क्षेत्रमा कांग्रेसले जित हासिल गरेर गुरुङप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले मृत्युपछि परिचय हुने गरेको भन्दै पृथ्वीमानको इतिहास लिपिबद्ध गराउन आग्रह गरे । कांग्रेस नेता मीन विश्वकर्माले गुरुङसँग कांग्रेसको निष्ठावान् चित्र र चरित्र रहेको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक वर्ष आफूले सँगै काम गरेको स्मरण गर्दै गुरुङले आफूलाई नेता–कार्यकर्ताको शिर झुकाउन नपर्नेगरी काम गर्न सुझाव दिने गरेको बताए । 

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्वसभापति गुरुङको निधनपछि पार्टीले उनलाई योगदानको उच्च सम्मान व्यक्त गर्दै विभिन्न कार्यक्रम गरिरहेको बताए । गुरुङको यही साउन १० गते निधन भएको थियो ।
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ४९ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि