आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार । भाद्र शुक्ल पक्षका एकादशी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर ३ तारिख । हरिपरिवर्तिनी एकादशी व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिक क्षेत्रमा भने संकट आइपर्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम सहज बन्नेछ ।

वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । सुखद् यात्रा तय हुनेछ । राजनीतिक क्षेत्रमा विवाद बढ्नेछ । समाजमा तपाईंप्रति आक्रोश बढ्ने जोखिम छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । कर्मचारी भए बढुवा हुनेछ ।

कर्कट : दिन राम्रो छ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । साथीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ ।

सिंह : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । तपाईंले सोचेका काम सहज बन्नेछन् । मनमा अनावश्यक तर्क बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या : दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। परिवारमा कामको बोझ थपिने छ । स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रमा भने मन नजाने जोखिम छ ।

तुला : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिमा फाइदा होला ।

वृश्चिक : दिन राम्रो छ । धनका स्रोत पत्ता लाग्नेछन् । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ । विज्ञसँग परामर्श लिएर गरेको काम सफल बन्नेछ ।

धनु : दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा रमाइलो गर्ने योग छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन अनावश्यक खर्च हुनेछ । साथीसँग कुरा गर्दा सचेत बन्नुपर्ने देखिन्छ । काम गर्नु भन्दा पहिला सोच्नु आवश्यक देखिन्छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । साथीले साथ नदिने जोखिम छ ।

कुम्भ : दिन सामान्य राम्रो छ । आम्दानीका स्रोत पत्ता लाग्नेछन् । धार्मिक व्यक्तिसँगको परामर्शले मनमा शान्ति मिल्नेछ । परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।

मीन : दिन सामान्य छ । स्वास्थ्यमा समस्या आइपर्ने जोखिम छ । बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । शिक्षामा थप मिहिनेत गरेमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा आलोचना हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : ०१ बजे

लाखे जात्रा व्यवस्थित बनाउन सरोकारवालाबीच छलफल 

काठमाडौं– काठमाडौंको ऐतिहासिक तथा महत्वपूर्ण चाड इन्द्रजात्रा सभ्य र भव्य बनाउने

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री

सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 

काठमाडौं– सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

म्याग्दी– आर्थिक वर्ष २०८२-८३ मा म्याग्दीका किसानहरूका लागि अनुदान वितरण

प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड

काठमाडौं– प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएको छ ।