अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै « Khabarhub

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्। अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे पनि यसरी स्वदेश फर्किएका नेपाली विभिन्न २८ जिल्लाका छन्।

बुधबार अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो। ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध स्वीकार नगर्नेलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : २७ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद