अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै « Khabarhub

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्। अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे पनि यसरी स्वदेश फर्किएका नेपाली विभिन्न २८ जिल्लाका छन्।

बुधबार अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो। ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध स्वीकार नगर्नेलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : २७ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष