पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु, ३१ घाइते « Khabarhub

पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु, ३१ घाइते


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको क्वेटामा बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ । बलोचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विस्फोटमा ३१ जना घाइते भएका छन् ।

विस्फोटमा घाइते भएका जमान बलोचले बीबीसीसँग बैठक सकिएपछि बैठक स्थल नजिकै साथीलाई कुरिरहेको अवस्थामा अचानक विष्फोट भएको बताएका छन् ।

बलोचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले विस्फोट नवाब नियाज जेहरीको सवारी साधन नजिकै भएको बताए । उनका अनुसार विस्फोटमा केही सुरक्षाकर्मी पनि मारिएका छन् ।

राज्य सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । बलोचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगतीले आतंकवादी समूहको लक्ष्यलाई कुनै पनि मूल्यमा सफल हुन नदिने बताएका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ११ : ५५ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली