एएफसी यु–२३ एसियन कप : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

एएफसी यु–२३ एसियन कप : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन गर्दैछ । ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने उक्त खेलम नेपाली समयअनुसार आज राति ८ः१५ बजे हुनेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । नेपालको समूहमा ताजिकिस्तानसँगै फिलिपिन्स र सिरिया रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते सिरियासँग खेल्नेछ भने तेस्रो खेल भदौ २४ गते फिलिपिन्सँग खेल्नेछ । आजै हुने पहिलो खेलमा भने सिरिया र फिलिपिन्सबीच प्रतिस्पर्धा हुनेछ ।

सिङ्गल राउन्ड रोविन पद्धतिको आधारमा हुने उक्त प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउनेछ । कूल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले पनि साउदी अरेबियाका लागि छनोट हुने प्रावधान रहेको छ ।

नेपाली टोलीको गोलकिपरमा कृशल मोक्तान, अमित टमाटा र विशाल केसी छन्भने डिफेन्डरमा विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारु र सेमान्ता थापा छन् ।

त्यसैगरी मिडपिल्डरमा अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ छन् । फरवार्डमा रोहन खड्गी र निराजन धामी छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १२ : २३ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने