रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए « Khabarhub

रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदनमा सिर्जनात्मक बहस गर्न नसकेर सत्तापक्षले आफ्नो पार्टीका नेताहरूको ‘डिप फेक भ्वाइस रेकर्ड’हरू बाहिर छरपष्ट पार्न थालेको आरोप लगाएका छन् ।
 
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले सदनमा सिर्जनात्मक बहस गर्न नसकेर सत्तापक्षले रास्वपाका नेताहरूको ‘डिप फेक भ्वाइस रेकर्ड’हरू बाहिर छरपष्ट पार्न थालेको आरोप लगाएका हुन् । 

‘कर्कस, अराजक, असहिष्णु शैलीसँग मिथ्या आरोपहरू हामी माथि लगाइराख्नुभएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरू माथि नसकेर हाम्रा नेताहरूको डिप फेक भ्वाइस रेकर्डहरू बाहरि छरपष्ट पार्न थालिएको छ,’ सांसद ढकालले भने, ‘म यो शैलीको, यो चरित्रको निन्दा गर्न चाहन्छु ।’

उनले विगत ९५ दिनदेखि रास्वपाका सांसदहरूले दुई मिनेट सदनमा राखेका कुराहरूको प्रतिवादमा सत्तापक्षीय सांसदहरूले घण्टौँ खर्च गरिरहेका पनि टिप्पणी गरे ।   

‘भिजिट भिसाको नाउमा गरिएको मानव तस्करी र भ्रष्टाचाविरूद्ध हामी आन्दोलित हुँदै गर्दा सत्तापक्षले सुन्दैन,’ ढकालले भने, ‘सत्तापक्षका माननीयज्यूहरूले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टौं समय प्रतिवादमा खर्च गरिरहनुभएको छ ।’

उनले विरोधका आवाजहरूलाई दमन गरेर लोकतन्त्र बलियो नबन्ने पनि जिकिर गरे । सांसद ढकालले अन्तिममा रास्वपाको आन्दोलन जारी रहेको र सदन बहिष्कार यथावत रहेको पनि बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ३८ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु