रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए « Khabarhub

रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदनमा सिर्जनात्मक बहस गर्न नसकेर सत्तापक्षले आफ्नो पार्टीका नेताहरूको ‘डिप फेक भ्वाइस रेकर्ड’हरू बाहिर छरपष्ट पार्न थालेको आरोप लगाएका छन् ।
 
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले सदनमा सिर्जनात्मक बहस गर्न नसकेर सत्तापक्षले रास्वपाका नेताहरूको ‘डिप फेक भ्वाइस रेकर्ड’हरू बाहिर छरपष्ट पार्न थालेको आरोप लगाएका हुन् । 

‘कर्कस, अराजक, असहिष्णु शैलीसँग मिथ्या आरोपहरू हामी माथि लगाइराख्नुभएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरू माथि नसकेर हाम्रा नेताहरूको डिप फेक भ्वाइस रेकर्डहरू बाहरि छरपष्ट पार्न थालिएको छ,’ सांसद ढकालले भने, ‘म यो शैलीको, यो चरित्रको निन्दा गर्न चाहन्छु ।’

उनले विगत ९५ दिनदेखि रास्वपाका सांसदहरूले दुई मिनेट सदनमा राखेका कुराहरूको प्रतिवादमा सत्तापक्षीय सांसदहरूले घण्टौँ खर्च गरिरहेका पनि टिप्पणी गरे ।   

‘भिजिट भिसाको नाउमा गरिएको मानव तस्करी र भ्रष्टाचाविरूद्ध हामी आन्दोलित हुँदै गर्दा सत्तापक्षले सुन्दैन,’ ढकालले भने, ‘सत्तापक्षका माननीयज्यूहरूले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टौं समय प्रतिवादमा खर्च गरिरहनुभएको छ ।’

उनले विरोधका आवाजहरूलाई दमन गरेर लोकतन्त्र बलियो नबन्ने पनि जिकिर गरे । सांसद ढकालले अन्तिममा रास्वपाको आन्दोलन जारी रहेको र सदन बहिष्कार यथावत रहेको पनि बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ३८ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि