विनोद चौधरीले भने- सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नु हो  « Khabarhub

विनोद चौधरीले भने- सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नु हो 


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले किसानमैत्री नीति कार्यान्वयनमा ल्याएर उखु किसानको श्रमको उचित सम्मान गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले सरकार आफैँ गरेको निर्णयबाट विमुख हुन नहुने र विगतदेखि प्रदान गर्दै आएको अनुदान रकम तत्काल उपलब्ध गराइनु पर्ने पनि बताए । 

विगतमा सरकारले उखु किसानलाई दिँदै आएको प्रति क्विन्टल ७० रुपैयाँको अनुदान रकम कटौती गरिएको भन्दै सांसद चौधरीले आपत्ति जनाए । अनुदान रकम कटौती गरिएपछि उखु किसानहरू आन्दोलित हुनु स्वाभाविक भएको उनको भनाइ थियो । 

‘सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नुबाहेक अरू केही होइन,’ सांसद चौधरीले भने, ‘उत्पादन खर्च धान्नै मुस्किल भइरहेको अवस्थामा न्यूनतम आम्दानीसमेत सुनिश्चित हुन नसक्ने अवस्था सिर्जना भएको छ ।’

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  २ : २३ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु