विनोद चौधरीले भने- सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नु हो  « Khabarhub

विनोद चौधरीले भने- सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नु हो 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले किसानमैत्री नीति कार्यान्वयनमा ल्याएर उखु किसानको श्रमको उचित सम्मान गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले सरकार आफैँ गरेको निर्णयबाट विमुख हुन नहुने र विगतदेखि प्रदान गर्दै आएको अनुदान रकम तत्काल उपलब्ध गराइनु पर्ने पनि बताए । 

विगतमा सरकारले उखु किसानलाई दिँदै आएको प्रति क्विन्टल ७० रुपैयाँको अनुदान रकम कटौती गरिएको भन्दै सांसद चौधरीले आपत्ति जनाए । अनुदान रकम कटौती गरिएपछि उखु किसानहरू आन्दोलित हुनु स्वाभाविक भएको उनको भनाइ थियो । 

‘सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नुबाहेक अरू केही होइन,’ सांसद चौधरीले भने, ‘उत्पादन खर्च धान्नै मुस्किल भइरहेको अवस्थामा न्यूनतम आम्दानीसमेत सुनिश्चित हुन नसक्ने अवस्था सिर्जना भएको छ ।’

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : २३ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर