‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’ « Khabarhub

‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रसुवा– स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्गमा मालवाहक सवारिसाधन गुड्ने अवस्था नहुँदा जिल्लास्थित निर्माणाधीन जलविद्युत् आयोनाहरूको काम प्रभावित भएको छ ।

गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा क्षति पुर्‍याएपछि मर्मत एवं पुनर्निर्माणका लागि अत्यावश्यक उपकरण तथा सामग्री ढुवानी हुन नसक्दा काम प्रभावित भएको हो ।  

सुरूङ र जलविद्युत्गृह सुरक्षित रहे पनि मुहानको बाँध पूरै क्षति भएपछि मर्मत गर्न आवश्यक रड तथा सिमेन्टसहितका उपकरण ढुवानी तथा व्यवस्थापन गर्न समस्या देखिएको रसुवागढी जलविद्युत् कम्पनीले जनाएको छ ।
 
बाढीका कारण क्षतिग्रस्त सडकमा ‘ट्रयाक’ खोलेसँगै हल्का सवारीसाधनमात्र आवतजावत गर्नसक्ने भएको तर ठूला मालवाहक गाडी चल्ने अवस्था नभएकाले सामान ढुवानी गरी जलविद्युत् आयोजनको बिग्रिएका संरचनाको मर्मतसम्भारसहितका अन्य काम हुन नसकेको सो कम्पनीका  प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले बताए।
 
सो कम्पनीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना बिगारेसँगै विद्युत् उत्पादन बन्द भई दैनिक एक करोडभन्दा बढी आम्दानी नोक्सान भइरहेको छ ।
 
 दैनिक २६ लाख ६४ हजार युनिट विद्युत उत्पादन हुनेगरेको रसुवागढी विद्युत् उत्पादन केन्द्रको संरचना बिग्रिएसँगै कम्पनीले रु ७२ करोड ८८ लाख ७० हजार घाटा व्यहोर्नुपरेको प्रबन्ध निर्देशक ज्याख्वले जानकारी दिनुभयो । बाढीले आयोजनाको मुहानको बाँधलगायतका बाहिरी संरचना क्षति हुँदा करिब तीन अर्ब ५० करोड नोक्सान भएको रसुवागढी जल विद्युत् कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादनबाट हुने आम्दानीबाट आयोजना निर्माणमा लागेको ऋण चुक्ता गर्ने आठ वर्ष निर्धारण गरिएकामा यसरी विद्युत् उत्पादन हुन नसकेपछि ऋण चुक्ता गर्ने समयावधि बढाउनुपर्नेमा जोड दिँदै प्रबन्ध निर्देशकले भुक्तानी दिनुपर्ने सावाँ र ब्याजको भार समेत बढ्ने भएकाले अवरुद्ध सडकखण्ड यथाशक्य छिटो सञ्चालन गर्ने वातावरण तयार गरिदिन सरकारसँग अनुरोध गरे ।  
        
मुहानको बाँधमा बाढीले ठुलाठुला ढुङ्गाहरू ल्याएको र बाँधको भुँईको सतहस्थित सिमेन्टका संरचना विगारेकाले निर्माण सामग्रीसहित बाढीले ल्याएका ढुङ्गा फोर्ने उपकरण ल्याउन  सडकमा ठूला सवारिसाधन गुडाउने वातावरण तयार नहुँदा मर्मतकार्य अगाडि बढाउन नसकेको आयोजनाले स्पष्ट परेको छ ।

उता  गल्छी, मैलुङ सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार चार पाँच दिन सम्ममा रसुवागढीसम्मको ट्रयाक खोली सक्ने र  चीन सरकारले ल्हेन्दे खोलामा मितेरी पुल निर्माण सम्पन्न गरिसक्दा मालवाहक सवारिसाधन गुड्ने वातावरण मिलाउने लक्ष राखिएको छ । यसरी सीमानाकालाई लक्षित गरी काम गर्दा राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाहरूको काम अलपत्र अवस्थामा पर्न लागेको जलविद्युत् केन्द्रले गुनासो गरेको छ ।

रसुवालीलगायत नेपाली जनताको शेयर समेत रहेको सो रसुवागढी जलविद्युत् आयोजनाको मुहान मर्मतका लागि ल्याइने मालसामग्री ढुवानी गराउन दुई लेनको सडक चाँडै निर्माण गर्न नागरिक समाज, रसुवाले माग गरेको छ ।

सडक पूर्णरुपमा अवरुद्ध भएसँग आयत–निर्यात ठप्प भई रसुवा भन्सारको राजस्व संकलन शून्यमा झरेको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सडक बन्द हुँदा वर्षिक ४० अर्ब १६ करोड तथा साउन–भदौमा रु सात अर्ब उठाउने लक्ष्य कुनै पनि हालतमा पूरा नहुने बताए।     

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : २१ बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन