बेइजिङमा पुटिन र किमबीच भेटवार्ता « Khabarhub

बेइजिङमा पुटिन र किमबीच भेटवार्ता


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन्।

दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथिगृहमा औपचारिक भेट गरेका हुन् ।

क्रेमलिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुटिन र किम एउटै कारमा औपचारिक स्वागतदेखि वार्तास्थलसम्म सँगै पुगेको उल्लेख गरेको छ ।

बैठक सुरु हुँदा पत्रकारहरूलाई सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्धमा रुसी सेनासँगै लडेका उत्तर कोरियाली सैनिकहरूको साहस र वीरताको प्रशंसा गरे ।

दक्षिण कोरियाको अनुमानअनुसार, गत वर्षदेखि उत्तर कोरियाले करिब १५ हजार सैनिक रुस पठाइसकेको छ । यससँगै उसले ब्यालेस्टिक मिसाइल र तोपखानासहित ठूलो मात्रामा सैन्य उपकरण पनि उपलब्ध गराएको छ, जसले युक्रेनमा पुटिनको तीन वर्ष लामो आक्रमणलाई थप बल प्रदान गरेको छ ।

प्रारम्भिक टिप्पणीमा किमले गत वर्ष जुनमा प्योङयाङमा सम्पन्न शिखर सम्मेलनपछि मस्को–प्योङयाङबीचको रणनीतिक साझेदारी उल्लेखनीय रूपमा मजबुत भएको बताए।

बेइजिङको वार्षिकोत्सव समारोहले किमको १४ वर्ष लामो शासनकालमा पहिलो पटक प्रमुख बहुपक्षीय कार्यक्रममा उपस्थिति जनाएको हो । यस अवसरमा पहिलो पटक किम, पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एउटै स्थानमा भेला भएका छन् ।

पर्यवेक्षकहरू किमले सीसँग द्विपक्षीय भेट गर्नुहुन्छ कि वा सी र पुटिनसँग त्रिपक्षीय निजी बैठक बस्छन् भन्ने विषयमा चासो दिइरहेका छन् । तर हालसम्म कुनै पक्षले त्यसबारे आधिकारिक पुष्टि गरेको छैन ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ३ : ४२ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले