बाल मानसिक स्वास्थ्य सेवाको दिगोपना सुनिश्चित « Khabarhub

बाल मानसिक स्वास्थ्य सेवाको दिगोपना सुनिश्चित


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच बुधबार समझदारी-पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सक इकाईहरू क्रमशः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका छन् ।

सिविन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१५ को विनाशकारी भूकम्पपछि बालबालिका र किशोर किशोरीमा देखिएको मनोसामाजिक असरलाई सम्बोधन गर्न यी सेवाहरू सुरु गरिएका थिए ।  

विगत नौ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएका यी स्वास्थ्य सेवाहरूको दिगोपना सुनिश्चित गर्न अब सरकारले पूर्ण स्वामित्व लिने प्रक्रिया अघि बढाएको हो ।

समझदारी-पत्रमा हस्तान्तरणको स्पष्ट कार्य योजना उल्लेख गरिएको छ, जसअनुसार, सन् २०२६ सम्ममा सिविन नेपालले हालकै मोडेलअनुसार सेवा सञ्चालनको सम्पूर्ण आर्थिक तथा प्राविधिक जिम्मेवारी लिनेछ । 

सन् २०२६ देखि २०२८ सम्ममा सरकारले क्रमशः आफ्नो बजेट विनियोजन बढाउँदै लैजाने छ र सन् २०२८ पछि दुवै इकाईहरूको सञ्चालन, व्यवस्थापन र आर्थिक भार पूर्ण रूपमा नेपाल सरकार र सम्बन्धित अस्पतालहरूको मातहतमा आउनेछ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटाले बालबालिकाको मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउनु सरकारको प्राथमिकता रहेको बताए । 

त्यसैगरी, सिविन नेपालका प्रतिनिधिले सरकारले यस सेवाको स्वामित्व लिनुले हजारौँ बालबालिकाको मानसिक स्वास्थ्य सेवाको भविष्य सुनिश्चित भएकोमा खुसी व्यक्त गरे । 

यस सम्झौताले नेपालमा बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य जस्तो संवेदनशील र महत्त्वपूर्ण विषयलाई सरकारको प्राथमिकतामा राखी सेवाको पहुँचलाई देशव्यापी बनाउन सहज हुने मन्त्रालयको विश्वास रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ४ : ३८ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन