समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न प्रचण्डको आह्वान « Khabarhub

समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न प्रचण्डको आह्वान


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन् । 

पार्टीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै बुधबार उनले समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका हुन् । 

अध्यक्ष प्रचण्डले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन पनि आग्रह गरे । ‘मलाई विश्वास छ, यो सम्मेलनले महिला हिंसाविरुद्ध एउटा संकल्प प्रस्ताव पारित गर्नेछ,’ उनले भने । 

प्रचण्डले माओवादी जनयुद्धमा महिलाको पुर्‍याएको योगदानको पनि चर्चा गरे । ‘यदि, जनयुद्धमा हजारौं, लाखौँ महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन,’ उनले भने । 

अध्यक्ष प्रचण्डले जनयुद्धको सुरुवातमा कालिकोट र रोल्पाका महिलाहरू देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गरे । ‘यदि, उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो,’ उनले भने । अध्यक्ष प्रचण्डले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव थिएन भन्ने धारणा व्यक्त गरे । 

अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको षडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षडयन्त्र अन्त्यका लागि सबैलाई एकताबद्ध हुन आग्रह गरे । ‘मैले यो विश्वास लिएको छु कि तपाईँहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि  पार्टी र संविधानविरुद्ध भइरहेको षडयन्त्रविरुद्धको संकल्प लिनुहुनेछ,’ उनले भने ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ५ : ५७ बजे

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को