नेपाल नागरिकता विधेयकले आमाको पनि वंश कायम हुन्छ : गृहमन्त्री लेखक « Khabarhub

नेपाल नागरिकता विधेयकले आमाको पनि वंश कायम हुन्छ : गृहमन्त्री लेखक


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि वंश हो भन्ने कुरा कायम हुने बताएका छन् । 

कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

‘यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ । हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ । आमा पनि वंश हो । आमाबाट पनि वंश कायम हुन्छ । आमाकै नागरिकता आधारमा सन्तानले नागरिकता गर्छ भन्ने कुरालाई सुनिश्चित गरिएको छ । बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्त्व हो,’ उनले भने ।

बाबु भएको आधार पुष्टि गर्न नसकेको पनि बाबुहरूको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुँदा ती नेपाली नागरिक आमाका सन्तानहरूका हकमा बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्ने गृहमन्त्री लेखकको भनाइ छ । 

उनका अनुसार नेपालको अन्तरिम संविधान बमोजिम बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।

यस्तै नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गर्नुका साथै विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने गृहमन्त्री लेखकले बताए  । 

विधेयकमा सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमा मध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

विधेयक पारित अदालतहरूबाट विभिन्न समयमा जारी भएका परमादेशहरूको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरूको कार्यान्वयनमा एकरूपता कायम हुने गृहमन्त्री लेखकले बताए  । 

उनले भने, ‘संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुनेछैन । साथै नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरूले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रूपमा कार्यान्वयन हुनेछ भने आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरूले  अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।’ 

विद्यमान समयमा बदलिँदो सामाजिक परिवेश अनुसार पहिचान विहीन भएर बस्नु परेको वैदेशिक रोजगारमा गएका नेपाली महिलाहरूका सन्तानहरू नागरिकता विहीन भइरहेको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : ५४ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय