एक सातामा २ सय ६० जनामा डेंगु पुष्टि, सङ्क्रमितको सङ्ख्या ३८ सय नाघ्यो  « Khabarhub

एक सातामा २ सय ६० जनामा डेंगु पुष्टि, सङ्क्रमितको सङ्ख्या ३८ सय नाघ्यो 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक साता देशभरीमा २ सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २६० जनामा डेङ्गु पुष्टि भएसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार ८११ पुगेको छ । हालसम्म  दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । 

हालसम्मको रिपोर्ट अनुसार डोल्पा, हुम्ला र मनाङ बाहेक ७४ ओटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ३८ जनामा डेङ्गु पुष्टि भएको छ ।

 त्यसैगरी बागमतीमा ७९६, कोशीमा ६३५, लुम्बिनीमा ६७०, सुदूरपश्चिममा ४४७, कर्णालीमा १४८ र मधेश प्रदेशमा ७७ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : १३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन