वैतेश्वरको एउटै गाउँबाट वार्षिक एक करोड बढीको गोलभेँडा उत्पादन  « Khabarhub

वैतेश्वरको एउटै गाउँबाट वार्षिक एक करोड बढीको गोलभेँडा उत्पादन 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-४ काब्रे उनियाचौर गाउँका स्थानीयहरू सामान्य लगानीको गोलभेँडा खेतीबाट लाखौँ आम्दानी लिँदै आएका छन् ।

करिब १७/१८ घरपरिवार बसोबास रहेको यहाँका स्थानीयका बारीका पाटैभरी गोलभेँडाका टनेलले भरिएका छन् । यहाँका १८ घरपरिवारले एक सिजनमा एक करोड १० लाख बराबरको गोलभेँडा बिक्री गर्दै आएका छन् ।

गाउँमै सबैभन्दा बढी गोलभेँडा फलाउने पुराना कृषक चन्द्रबहादुर दाहाल हिजोआज प्लास्टिक टनेला भित्रको गोलभेँडाको हेरचाहमा व्यस्त छन् । बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म टमाटरको स्याहारसुसार गर्दै उनको दिन बित्ने गरेको दाहाल बताउँछन् ।

दुई दशक देखि टमाटर खेतीमा सक्रिय दाहाललाई यति बेला बेच्ने बेलाको टमाटरको हेरचाह र स्याहारसुसार गर्न भ्याई नभ्याई छ ।
२०६२ सालमा गाउँमै पहिलो पटक प्लास्टिकको टनेलमा टमाटरको खेती भित्र्याएका दाहालका अहिले ३० वटा गोलभेँडा टनेल छन् भने गाउँभर २ सय बढी टनेल विस्तार भएका छन् । 

दाहाल भन्छन्, ‘२१/२२ वर्ष अघि भारतमा मजदुरी गर्न गएको थिए । त्यहाँ महिनौँ नाम्लो बोक्दा पनि सोचेजस्तो कमाइ नहुने तथा त्यहाँका व्यापारी, साहुले नेपालीलाई हेप्ने गरेको देखेपछि त्यहाँ बस्न नसकेर गाउँ फर्केर कृषिमा जोडिएको थिए, पछि बिस्तारै आफूले गाउँमै आम्दानी गरेको देखेर गाउँका अन्य दाजुभाइले पनि भारत जान छाडेर गाउँमै टमाटर खेती गर्न थालेँ ।’

सुरुमा दाहालले  एक हजार रुपैयाँ लगानी गरेर दुई ओटा गोलभेँडाको प्लास्टिक टनेल बनाएर खेती सुरु गरे । अहिले सोही खेतीलाई निरन्तरता दिँदै गाउँभर गोलभेँडा खेतीको विस्तार गर्दै समूह नै बनाउन सफल भएको दाहालले मुस्काउँदै सुनाए ।

दाहालसहित उनको गाउँका स्थानीयले मौसमी र बेमौसमी गरेर दुई सिजनमा गोलभेँडा उत्पादन गर्दै आएका छन् । यो सिजन गोलभेँडा उत्पादन र बिक्रीको लागि मुख्य सिजन भएको कृषक चन्द्रबहादुर बताउँछन् ।

आधा भदौको समयदेखि बिक्रीको लागि उनियाचौर

बजारमा गोलभेँडा जाने गर्छ।दाहालले दुई लाख खर्च गरेर वार्षिक ७ लाख गोलभेँडाबाट आम्दानी लिने गरेको बताए ।

कम जनशक्ति,थोरै लगानी पनि राम्रो आम्दानी टमाटर खेतीबाट लिन सकिने उनले सुनाए।उनको गाउँमा एक लाखदेखि ८ लाखसम्मको टमाटर बिक्री गर्ने कृषक रहेका छन् । उनियाचौर वार्षिक एक करोड माथिको टमाटर उत्पादन तथा बिक्री हुँदै आएको छ । मुख्य बजार चरिकोट, जिरी, मैनापोखरी र रामेछापको मन्थली हुने गरेको दाहालले बताए ।

दाहाल भन्छन्, ‘केही वर्ष अघिसम्म गाउँमा गोलभेँडा खेतीको लागि सिँचाइ अभाव थियो । स्थानीय सरकार वैतेश्वर गाउँपालिकाले गाउँ नै तरकारीमा लागेको देखेपछि अध्यक्ष छबि लामाले गाउँको अनुगमन गरेर गाउँमा खानेपानी र  सिँचाइको व्यवस्थापन गरेसँगै अहिले थप टमाटर खेतीमा लाग्ने छिमेकी बढेको उनले बताए ।

सिँचाइ अभाव हुँदा उत्पादन पनि खासै हुन्थेन । तर अहिले घर-घरमा धारोसहित गोलभेँडा टनेलसम्म पानी पुगेको छ।जसले उत्पादनमा वृद्धि ल्याएको छ ।

उनियाँचौर उत्पादन हुने गोलभेँडा अन्य ठाउँको भन्दा विषादी मुक्त र अर्ग्यानिक रहेको उनको दाबी छ ।

‘पछिल्ला वर्षहरूमा यहाँ उत्पादन भएको टमाटरले सहज रूपमा बजार पाउँदै आएको छ । पहिले अहिले जस्तो बजार र सडकको पहुँच थिएन । स्थानीय बजारमा गोलभेँडा किनबेच नहुने हुँदा डोकोमा घण्टौँ बोकेर जिरीसम्म लाने गर्थे । तर अहिले त्यस्तो छैन ।’, दाहालले भने, ‘कुनै बेला उनै दाहाल गोलभेँडाको ढोको बोकेर ४ घण्टा हिँडेर जिरी पुग्थे । तर अहिले गोलभेँडा पाक्नु अघि नै व्यापारी बारीमा आउने गरेका कारणले पनि सहज रूपमा टमाटर बिक्री हुने गरेको छ ।’

गत वर्ष एक करोड हाराहारीको टमाटर बिक्री गरेका कृषकले यस वर्ष सो भन्दा बढीको टमाटर बिक्री गर्ने योजना बनाएका छन् । सुवास बस्नेत/दोलखा

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : १६ बजे

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो