नागढुङ्गा सुरुङमार्गको ९४.५ प्रतिशत काम सकियो, तिहारपछि सुरुङबाटै यात्रा ! « Khabarhub

नागढुङ्गा सुरुङमार्गको ९४.५ प्रतिशत काम सकियो, तिहारपछि सुरुङबाटै यात्रा !


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँको पश्चिमी (मुख्य) नाका नागढुङ्गाको जोखिमयुक्त र लामो नागबेली घुम्ती छल्न निर्माणाधीन सुरुङमार्गको ९४.५ प्रतिशत काम सकिएको छ । समयतालिका बमोजिम काम भए तिहारमा यही सुरुङमार्ग हुँदै यात्रा गर्न पाइनेछ ।

जापानी ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको यो सुरुङमार्ग नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हो ।सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको र निकट भविष्यमा नै संचालनमा आउने गरी तयारी भइरहेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार; हाल आयोजनाको भौतिक प्रगति ९४.५ प्रतिशत र बाँकी निर्माणकार्य असोजभित्रै सम्पन्न गर्ने लक्ष्य छ। निर्माणकार्य सकिएपछि आवश्यक ट्रायल र टेस्ट सञ्चालन गरी निकट भविष्यमै सर्वसाधारणका लागि प्रयोगमा ल्याउने तयारी तीव्र गतिमा भइरहेको विभागको दाबी छ ।

सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट उपभोग दस्तुर स‌ङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा संचालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने सरकारको उद्देश्य छ। सरकारले गएको साउन २६ गते मन्त्रिपरिषदको बैठकबाटै सुरुङमार्ग उपभोग दस्तुर समेत स्वीकृत गरिसकेको छ ।

सुरुङमार्ग प्रयोगकर्ताबाट उपभोग दस्तुर सङ्कलन निम्ति विद्युतीय माध्यमबाट दस्तुर सङ्कलन प्रयोजनार्थ आवश्यक प्रणाली जडान भइसकेको छ । उक्त प्रणालीको प्रयोगबाट सवारिसाधनको विन्डसिलमा टाँसिने बैंक खाता आवद्द भएको आरएफआइडी ट्यागमार्फत्‌ सोझै टोल भुक्तानी गर्न सक्नेछन् ।

यो पनि –

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : २१ बजे

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार