ललितपुर महानगरका महिला उद्यमीको उत्पादन अब एपबाट किनबेच « Khabarhub

ललितपुर महानगरका महिला उद्यमीको उत्पादन अब एपबाट किनबेच


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्‍याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ । महानगरमा दर्ता भएका उद्यमीले उत्पादन गरेका उत्पादनलाई बजारसम्म पुर्‍याउन यो एप निर्माण गरी सार्वजनिक गरिएको हो ।

महिला उद्यमीले आफ्नो उत्पादनको सम्पूर्ण विवरण उक्त एपमा राख्नुपर्छ । क्रेताले एप्समा राखेको सामान खरिद गर्न लगइन गरी अर्डर गर्न सक्छन् । उत्पादित सामग्री एप्पमा राख्नका उद्यमीले महानगरका सम्पर्क गरी लगइन गर्नुपर्छ । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्वपूर्ण ‘टुल’  भएको बताए ।

उनले भने, ’आइटीको जमानामा महानगरले सार्वजनिक गरेको यो एप महत्वपूर्ण हो ।’ महिला उद्यमीको उत्पादन बजारमा ल्याउन यो एपले धेरै मद्दत गर्ने बताए । उनले सम्पूर्ण महिला उद्यमीलाई यो एप सक्दो प्रयोग गर्न अनुरोध गरे । यो एपले ‘उत्पादन छ तर बजार छैन’ भन्ने कुरालाई हल गर्न केही हदसम्म सहयोग गर्ने महानगरको विश्वास छ । उपप्रमुख तथा महिला उद्यमशीलता सहजिकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले उद्यमीले उत्पादन गरेको उत्पादनले बजार नपाइराखेको अवस्थामा बजारसम्म उत्पादनलाई पु¥याउन यो एप महत्वपूर्ण हुने बताइन् । 

उनले भनिन्, ‘उद्यम र व्यवसाय एकै होइन, उद्यमीले व्यवसाय सञ्चालन गर्न गाह्रो हुन्छ, यो एपले उद्यमीलाई क्रेतासँग जोड्न सजिलो बनाउँछ , जसले बजार खोज्ने सहयोग पुग्छ ।’ 

वर्षैपिच्छे वडा र महानगरले धेरै वटा हाट बजार सञ्चालन गरेपनि सँधै सञ्चालन भइरहने बजारका लागि यो एप ल्याएको उपप्रमुखको भनाई छ । 

महिला शाखा प्रमुख शोभादेवी खरेलले महिला उद्यमीलाई आफ्नो उत्पादनको विक्री वितरण गर्न यो एप महत्वपूर्ण हुने धारणा राखिन् । उनका अनुसार एप मार्फत खरिद बिक्री गर्दा मध्यस्तकर्ताको आवश्यकता पर्दैन । क्रेताले विक्रेतासँगको सिधैं मोलमोलाई गर्न सक्छन् । सामानको गुणस्तरको बारेमा सोधपुछ गर्न सक्छन् ।  

काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) कुसुम कलेज  डा। विनोद कृष्ण श्रेष्ठले महानगरले उद्यम र उद्यमशीलतालाई महत्व दिएर एप सार्वजनिक गरेको धन्यवाद दिए । उद्यमी र क्रेताबीच सिधै सम्पर्क हुने यो एपले उत्पादनको बजारिकरणलाई सहयोग पुग्ने बताए । यसैगरी एप सार्वजनिक कार्यक्रमपछि उद्यमशीलता सम्बन्धी जानकारी दिन अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : ४६ बजे

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन