ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम « Khabarhub

ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ । महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम ल्याएको महानगरले जनाएको छ। 

ललितपुर महानगरले बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी यो कार्यक्रम सुरुवात गरेको हो । 

उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीले विद्यालयको नजिक रहेका वा पायक पर्ने स्थानमा रहेका सम्पदाको सरसफाइ गर्ने, संरक्षण गर्ने काम गर्छन् । 

महानगरभित्रका ढुंगेधाराहरु, पाटी (फल्चा), बौद्ध विहारहरू, मठमन्दिर, बौद्धस्तुपा , प्रमुख पोखरीको संरक्षण र सरसफाइमा विद्यार्थी जुट्ने छन् । महानगर प्रमुख चिरीबाबु महर्जनले यो महानगरको ‘ड्रिम प्रोजेक्ट’ भएको बताए । 

विद्यार्थीको लागि यो पढाईको प्रयोगात्मक कक्षा भएको बताउँदै भने, ‘यो कार्यक्रम विद्यार्थीलाई जानकारी र संरक्षण दुवैको बारेमा ज्ञान दिन ल्याएका हौँ, आफूले संरक्षण गरेको कुराको माया लाग्छ, यसले जीवनपर्यन्त संरक्षणमा चासो र चिन्तन गर्न सहयोग गर्छ ।

यो कार्यक्रम महानगरभित्र २९ वटै वडामा सञ्चालन गरिएको शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमका अनुगमनका लागि पाँच सदस्यीय तीनवटा अनुगमन समितिको समेत गठन गरिएको छ । 

उक्त समितिले दिएको मुल्यांकन प्रतिवेदनका आधार संरक्षणमा उत्कृष्ट तवरले काम गर्ने विद्यालयलाई पुस २ गते महानगरको सातौँ स्थापना दिवसको अवसरमा पुरस्कृत गरिनेछ । 

नगर प्रमुख महर्जनले भने, ‘पुरस्कार प्रोत्साहन हो, यसले संरक्षणको काममा सक्रिय हुन प्रेरित गर्छ । ’ सरसफाइ क्रममा संकलन भएको फोहोरको वातावरण शाखाले तत्काल व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ८ : ०२ बजे

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा