चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली « Khabarhub

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई बोकेको विमान केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उनको सचिवालयले जनाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गते शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन उनी चीन गएका थिए।

सन् २००१ मा स्थापना भएको एससिओ हाल विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक मानिन्छ। यसमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य छन् भने अफगानिस्तान र मंगोलिया पर्यवेक्षकका रूपमा रहेका छन्। नेपालसहितका केही राष्ट्रहरू संवाद साझेदार (डायलग पार्टनर) का रूपमा संलग्न छन्।

भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।

ओलीसँग पत्नी राधिका शाक्य, दुई मन्त्री, नेपाली कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र पत्रकारसहित २३ सदस्यीय टोली सहभागी भएको थियो।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १० : ०८ बजे

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी