रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट « Khabarhub

रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मस्को – रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ। द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो।

रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले १८५ रूसी सैनिकहरू फिर्ता गरेको बताएको छ, यो क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै, आदान प्रदानको पुष्टि गरेका छन्। उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताउनु भएको छ।

आक्रमण सुरु भएदेखि नै हामीले हाम्रा सात हजार भन्दा बढी मानिसलाई घर फर्काएको उनको भनाइ छ।

गत मे र जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बिच तीन चरणको शान्ति वार्ताको परिणाम स्वरुप ठूलो मात्रामा कैदी आदानप्रदान गरेको जनाइएको।

दुवै पक्षले युद्धको बिचमा युक्रेन र रूसबिचको सहयोगका क्षेत्रका रूपमा मारिएका सैनिकहरूको स्वदेश फिर्तीका धेरै चरणहरू पनि सञ्चालन गरेका छन्।

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, यद्यपि दुवै पक्षले नियमित रूपमा आफ्नो हताहतको तथ्याङ्क भने सार्वजनिक गरेका छैनन्। रासस/एएफपी

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ६ : ११ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ