थारू समुदायमा सखिया नाचको रौनक (तस्बिरहरू) « Khabarhub

थारू समुदायमा सखिया नाचको रौनक (तस्बिरहरू)


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजापुर नगरपालिका-५ खल्लाजयपुर, बर्दिया का थारू समुदायमा अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारू गाउँबस्तीको रौनक बढाएको हो ।  

थार गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने खल्लाजयपुरका बडघर प्रदेशी चौधरीले बताए। उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । २० देखि २५ जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन् । 

महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारू समुदायका हरेक देवीदेउताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ।

‘नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्सँदै गएको र थारू संस्कृति जोगाइराखन पनि यो नाच लाई सँधै निरन्तरता दिन यो नाच हामी हरेक वर्ष नाच्ने गर्छौँ बड्घर प्रदेशी चौधरी बताउँछन । 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १ : ४२ बजे

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।