रातको समयमा बेनी–जोमसोम सडक तीन दिन बन्द « Khabarhub

रातको समयमा बेनी–जोमसोम सडक तीन दिन बन्द


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- स्थानीय प्रशासनले म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनका लागि रातको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बसेको सुरक्षा निकायको बैठकले असोज १८ देखि २० गतेसम्म साँझ ५ देखि बिहान ६ बजेसम्म बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सवारीसाधन बन्द गर्ने निर्णय गरेको हो ।

आज रातिदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले रातको समयमा यातायातका साधन सञ्चालन गर्न दुर्घटनाको जोखिम तथा पहिरोका कारण सडक अवरुद्ध भएर यात्रुहरू अलपत्र पर्ने हुँदा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।

“म्याग्दी हुँदै मुस्ताङ जाने सवारी साधन साँझ ५ बजेभित्र मुस्ताङको घाँसा पुग्नुपर्नेछ,” उनले भने, “जोमसोमबाट बेनी आउने सवारीसाधनहरूले साँझ ५ बजे बेनी आइपुग्नुपर्नेछ ।” असोज २१ गतेदेखि यातायातका साधन नियमित सञ्चालन हुने प्रजिअ तिवारीले बताए ।

बाढीपहिरोसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले अन्नपूर्ण आधार शिविर, घोडेपानी, खोप्रा, मोहरेडाडा, ढोरपाटनलगायत पर्यटकीयस्थलको भ्रमणमा नजान पनि प्रशासनले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ७ : ३३ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित