विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न प्रधानमन्त्रीको निर्देशन


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपदव्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारीरूपमा सम्पादन गरी विपदबाट जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेको जनाउँदै सचिवालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

“सम्भावित डुबान हुन सक्ने क्षेत्रका बासिन्दाले अग्लो तथा सुरक्षित स्थानमा सर्नुपर्ने हुँदा त्यसको पूर्वतयारी गर्न, गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न र आधिकारिक निकायले जारी गरेको सूचना बमोजिमका स्थानमा यात्रा नगर्नु हुन अनुरोध छ”, सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ७ : ४६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो