सजगता र प्रतिकार्य तयारीका लागि कांग्रेसको आग्रह « Khabarhub

सजगता र प्रतिकार्य तयारीका लागि कांग्रेसको आग्रह


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाटन- यही असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवीहरू एवं सम्पूर्ण नागरिकमा नेपाली कांग्रेस अपिल गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै गत वर्षको असोज १२ मा भएको जनधनको ठूलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको जानकारी गराउँदै गत भदौ २३ र २४ को घटनाले देश थप मर्माहत रहेको बेला फेरि बाढीपहिरोको ठूलै जोखिमको सङ्केत मौसम विज्ञान विभाग र विज्ञहरूले गरेका छन् भन्दै यसतर्फ सचेत, सजगता र प्रतिकार्य तयारीका लागि पार्टीका तर्फबाट सरकार, राजनीतिक दल, सम्बद्ध निकाय, स्वयंसेवक र सम्पूर्ण नागरिकलाई अपिल गरेका हुन् । कांग्रेस पार्टीले सातबुँदे सतर्कता सुझाउँदै नागरिकलाई सुरक्षित रहन तथा जोखिम कम गर्न सरकार र स्थानीय निकायसँग सहकार्य गर्न आग्रह गरेको छ ।

“दसैँको टीका लगाउन या लगाइसकेर गन्तव्यम फर्किन लाखौँ नागरिक यतिबेला सडक यात्रामा छन्, अतः मौसमको तीव्र प्रतिकूलता नजिकिएको सूचना प्रभावित रूपले सम्प्रेषण गरौँ, सरकार र सम्बद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षित रहौँ, अरूलाई सुरक्षित बनाउन सुसूचित गरौँ,” सूचनामा भनिएको छ ।

त्यस्तै कांग्रेसले बाढीपहिरोको घोषित एवं सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थलतर्फ केही दिनलाई सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासनमार्फत आवश्यक बन्दोबस्तको पहल कदमी गरौँ भन्ने आग्रह गर्दै पहाडी भूगोल र भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडक जोखिमपूर्ण रहेका सडक मार्गलाई निश्चित समयका लागि अनिवार्य बन्द गरौँ भन्ने आग्रह गरेको छ ।

पार्टीले सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरू र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गर्न र गराउन अनुरोध गर्दै विपद्सँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावि ढङ्गको भूमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गरौँ भन्ने अपिल गरेको छ ।

पार्टीले तत्कालीन प्रतिकूल स्थिति दृष्टिगत गरेर जोखिमका सम्भावित क्षेत्रहरूमा अन्य सबै कार्य केही दिनलाई थाती राखेर ऐक्यबद्ध भएर चुनौती सामना गरौँ भन्दै सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस् भन्दै सम्भावित विपद् सामना गर्न जिम्मेवार ढङ्गले सबै जुटौँ भन्नेमा जोड दिएको छ ।

कांग्रेसले आफ्ना सबै तहका नेता तथा कार्यकर्ताहरूलाई आफू कार्यरत ठाउँमा प्राकृतिक विपद्सँग जुध्न स्वयंसेवी भावना साथ कार्य गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ९ : ४० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले