गाजामा भएको इजरायली आक्रमणमा १५ जना प्यालेस्टिनीको मृत्यु « Khabarhub

गाजामा भएको इजरायली आक्रमणमा १५ जना प्यालेस्टिनीको मृत्यु


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलले गाजा पट्टीमा शुक्रबार गरेको हवाई आक्रमणमा १५ जना प्यालेस्टिनीहरुको मृत्यु भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले १५ जना मृतक मध्ये ११ जनाको मृत्यु गाजा सहरमै भएको जनाएको गरेको छ । यसैबिच, दक्षिणी गाजाको अल–मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले अल–मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र सहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा सहरको अल–सब्रामा थप हताहत भएको रिपोर्ट गरिएको छ । उद्धार टोलीले गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायतुनमा रहेको अल–फलाह स्कूलको भग्नावशेष मुनिबाट दुई प्यालेस्टिनीको शव बरामद गरेको जनाएको छ ।

जहाँ पाँच दिन अघि उद्धार टोलीहरूलाई लक्षित इजरायली सेनाले प्रहार गरेको थियो । यसका साथै पूर्वी गाजा सहरको उमर अल–मुख्तार सडक नजिकै इजरायली आक्रमणका कारण अधिकाशं बालबालकिासहित धेरै नागरिकहरू घाइते भएको जनाइएको छ ।

सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणले अहिलेसम्म ६६ हजार २२५ प्यालेस्टिनीहरूको ज्यान लिएको छ भने एक लाख ६८ हजार ९३८ भन्दा बढी घाइते भएका छन् । हजारौँ पीडितहरू इजरायली आक्रमणका कारण आपतकालीन र नागरिक सुरक्षा टोलीहरूका लागि दुर्गम भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ९ : ४६ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित