काठमाडौं – झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आज(सोमबार)देखि सुरु हुँदैछ । कात्तिक १५ देखि नै सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण दुई दिन पछि सारिएको हो ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा दिउँसो हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
कात्तिक २४ गतेसम्म हुने प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्बल, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, संकटा, झापा, आरएस पोखरा र सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
प्रतियोगितामा सवोत्कृष्ट हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र धेरै गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
आगामी खेलहरू–
कात्तिक १८ : नेपाल एपीएफ क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब
कात्तिक १९ : संकटा फुटबल क्लब र झापा फुटबल क्लब
कात्तिक २० : त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लब
कात्तिक २१ : पहिलो सेमिफाइनल
कात्तिक २२ : दोस्रो सेमिफाइनल
कात्तिक २४ : फाइनल खेल













प्रतिक्रिया