नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम  « Khabarhub

नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम 


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ संघले पारिश्रमिकलगायतका नर्सहरूका मागहरू ४८ घण्टाभित्र पूरा गर्न अल्टिमेटम दिएको छ । 

आइतबार संघले एक विज्ञप्ति जारी गर्दै ४८ घण्टाभित्र मागहरू पूरा नभए इमर्जेन्सीबाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । 

संघले ४८ घण्टाभित्र मागहरू सम्बोधन नभएमा सरकारी, निजी, गैरसकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू ठप्प पार्ने जनाएको छ । 

‘४८ घण्टाभित्र हाम्रो मागहरू सम्बोधन नभएमा सरकारी, निजी, गैरसकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूमा देशव्यापी ठप्प पार्ने घोषणा गर्दछौँ,’ संघले भनेको छ । 

संघले आन्दोलनमा उत्रिसकेका नर्सहरूलाई कुनै प्रकारको दबाब, प्रभाव, डर, त्रास वा धम्की नदिनसमेत सचेत गराएको छ । 

संघले १५ कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका भएको बैंठकमा सरकारीसरह न्यूनतम पारिश्रमिकलगायत अन्य सेवा सुविधा सुनिश्चितता गर्ने सहमति भएको थियो । 

तर, अन्य बुँदाहरूमा सहमति नभएको भन्दै आन्दोलनरत नर्सहरू नेपाल नर्सिङ संघको कार्यालय घेराउ गरेका थिए । 

त्यसपछि आइतबार नेपाल नर्सिङ संघ र आन्दोलनरत नर्सहरुबीच आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने सहमति भएको थियो । 

सोही सहमतिअनुसार संघले ४८ घण्टाभित्र आन्दोलनरत नर्सका मागहरू सम्बोधन गर्न अल्टिमेटम दिएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : २३ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा